असार ६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक सामान्य अर्थात् शून्य दशलमव शून्य ९ अंकले घटेको छ ।
उक्त अवधिमा नेप्से परिसूचक १ हजार ९३४ दशलमव शून्य ३ विन्दुमा झरेको छ । कारोबारमा आएका ११ ओटा कम्पनीको रू. ३ लाख ६९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको रू. २ लाख ४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
आइतवार नेप्से परिसूचक ३७ दशमलव २७ अंक घटेर १ हजार ९३४ दशमलव ११ विन्दुमा बन्द भएको थियो । उक्त कारोबार दिन कुल रू. १ अर्ब १३ करोड बराबरको शेयर खरीदविक्री भएको थियो।