ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विन नेपाल लघुवित्तमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

२०७९ असार, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फ ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरेर ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थापक शेयरधनीको तर्फबाट डा. मदन गोपाल श्रेष्ठ,कुमार राज जोशी,सुकुमान डंगोल र रमादेवी श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट राजु के.सी र एन्जिला न्यौपाने निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x