ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

२०७९ असार, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले ८९ हजार १५८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले सोमवार सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको छ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आइपुग्ने गरी आवेदन  दिन सक्नेछन् ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।साथै कम्पनीले ४३ हजार ७४० कित्ता  संस्थापक शेयर वैशाख २५ गतेदेखि विक्री खुला गरेकोमा उक्त शेयरमा संस्थापक शेयरधनीको कुनै पनि आवेदन नआएकाले अन्य व्यक्ति वा संस्थालाई विक्री  गर्ने जानकारी दिएको छ ।

सो शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति अथवा संस्था आजको मितिले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय महेन्द्र पथ धरान १२ वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x