असार ६, काठमाडौं । गण्डकी इनर्जी लिमिटेडको वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ ।
सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे शुरु हुने छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।