ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको लागि जग्गा अधिग्रहण हुँदै

२०७९ असार, ६  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको लागि जग्गा अधिग्रहण गर्ने भएको छ ।  

उक्त कार्यालयले खाँदबारी नगरपालिका वडा नं ९ अन्तरगतका जग्गा र सोमा रहेका घर, गोठ, टहरा तथा रुखबिरुवा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको नाममा स्थायी रुपमा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो ।

अधिग्रहणमा पर्ने जग्गाहरु मध्ये कतिपय जग्गाहरु निःशुल्क उपलब्ध गराउन तथा कतिपय जग्गाहरु प्रतिरोपनी १ लाख रुपैयाँमा विश्वविद्यालयलाई उपलब्ध गराउने भनी स्थानीय स्तरमा छलफल भएको भएको भन्दै उक्त कार्यालयले उक्त छलफल बमोजिम निःशुल्क जग्गा उपलब्ध गराउन र प्रतिरोपनी १ लाख रुपैयाँमा नबढ्ने गरी जग्गाहरु तत्काल  विश्वविद्यालयलाई रजिष्ट्रेशन गरिदिन अनुरोध गरेको छ । 

ती जग्गाहरु निःशुल्क प्राप्त गर्नु नपर्ने वा अधिग्रहण गर्नु नपर्ने कुनै कारण वा प्रमाण भएमा सोसमेत राखी ऐनको दफा ११ बमोजिम सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित वडा कार्यालय, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको कार्यालय एवं जिल्ला प्रशासन कार्यालय संखुवासभामार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने व्यवस्था पनि गरिएको छ ।


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x