ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आदर्श लघुवित्तको आईपीओमा मागभन्दा ३२३ गुणा बढी आवदेन, ६ हजार २६१ जनाले मात्र १० कित्ताका दरले शेयर पाउने 

२०७९ असार, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा मागभन्दा ३२३ दशमलव ४२ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले असार १ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  

सिडिएस एण्ड क्लियरिङ्ग अनुसार १८ लाख ७  हजार १२४ जनाले २ अर्ब २ करोड ५० लाख ८ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।  यसरी हेर्दा कम्पनीको शेयर पाउन भाग्यकै भर पर्ने देखिन्छ । कुल आवेदन मध्ये जम्मा ६ हजार २६१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

निष्कासन गरिएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । कम्पनीले ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । यी बाहेक बाँकी ६२ हजार ६१५ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याइएको थियो । 

आईपीओ निष्कासन गरी बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ विक्री प्रवन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x