ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन मंगलवार

२०७९ असार, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी) को लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन मंगलवार अर्थात् असार ७ गतेसम्म रहेको छ ।

कम्पनीले ८ लाख ८० हजार संस्थापक शेयर जेठ २४ गतेदेखि लिलामीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संघ / संस्थाले असार ७ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१४१ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ  ।

कम्पनीले कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र असार ८ गते दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी दिएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x