ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बजार खुलेको ३ घण्टाको अवधिमा १८८८.३० विन्दुमा झर्‍यो नेप्से परिसूचक

२०७९ असार, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा नेप्से परिसूचक ४५ दशमलव ८१ अंक घटेर १ हजार ८८८ दशमलव ३० विन्दुमा झरेको छ ।

यो विन्दु अघिल्लो बुल मार्केटको इन्ट्रा डेमा पुगेको उच्च हो  । बजार सुधार र विकासका लागि लगानीकर्ता आन्दोलनरत रहिरहँदा उक्त अवधिसम्ममा बजार झनै पेनिक बनेको देखियो । 

सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये तेह्रथुम पापर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो ।

उक्त अवधिसम्ममा कुल रू. १ अर्ब २३ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x