ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल लाइफले १८ करोडमा पोखरामा किन्यो घरजग्गा

२०७९ असार, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स(NLIC) ले कास्कीको पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँको लागतमा घरजग्गा खरीद गरेको छ ।

कम्पनीले सोमवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) लाई पेश गरेको सूचनामा जग्गा खरीद गरिएको उल्लेख छ । कम्पनीको गत चैत ७ मा बसेको सञ्चालक समितिको बैठकले घर जग्गा किन्ने निर्णय गरेको थियो ।

पोखरा महानगरपालिकाको न्यूरोडमा रहेको बालमुकुन्द तुलाचनको नाममा रहेको २ ओटा घरसहित २९९ वर्गमिटरको जग्गा सो मूल्यमा खरीद भएको कम्पनीले बताएको छ । यो घरजग्गा कम्पनीको व्यावसायिक र कार्यालय प्रयोजनमा प्रयोग गर्ने समेत कम्पनीको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x