ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ब्रोडव्याण्ड परियोजना अन्तिम चरणमा, १६ हजार १७५ संघसंस्थाले पाए इन्टरनेट सेवा 

२०७९ असार, ६  
समाचार प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं। देशैभरी ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भन्दै सरकारले सञ्चालन गरिरहेको ब्रोडव्याण्ड परियोजना अन्तिम चरणमा पुगेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको कार्य प्रगती प्रस्तुत गर्दै दुरसञ्चार प्राधिकरणले ९९ दशमलव ७९ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ ।

उक्त योजना अनुसार ७४ ओटा जिल्लमा १८ ओटा प्याकेजमार्फत सेवा सञ्चालन भएको छ । परियोजनाले देशभरका १६ हजार १७५ संघसंस्था सरकारी कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने योजना लिएको थियो ।

सोहि अनुसार विभिन्न १८ ओटा प्याकेज बनाएर इन्टरनेट सेवाप्रदायक कम्पनी मार्फत काम भइरहेको थियो । प्राधिकरणले हालसम्म जडान कार्य सम्पन्न भई सञ्चालनमा रहेका साईटहरुको विवरण सार्वजनिक गर्दै १६ हजार १४१ ओटा संघसंस्थामा ब्रोडब्याण्ड पुगेको बताएको छ । प्राधिकरणका अनुसार अब ३४ ओटा संघसंस्थामा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ ।

सम्पन्न भएका परियोजनाहरू मध्ये हालसम्म ८ ओटा परियोजनाको मनिटरिङ तथा  भेरीफिकेसनको कार्य सम्पन्न भइसकेको छ । ५ ओटा परियोजनाको दोस्रो फेजको र ४ ओटा परियोजनाहरूको तेस्रो फेजको मनिटरिङ तथा भेरिफिकेसनको कार्य परामर्शदाताहरूबाट सम्पन्न भएको छ ।

एउटा प्याकेजको दोस्रो फेज अन्तरगत मनिटरिङ तथा भेरिफिकेसनको कार्य भईरहेको प्राधिकरणले बताएको छ । साथै भुकम्पबाट अति प्रभावित ८ ओटा जिल्लाहरु र काठमाडौं उपत्यका बाहेकका ६६ ओटा जिल्लाहरुका सम्पूर्ण सामुदायिक आधारभुत बिद्यालयहरुमा कम्तिमा २० एमबीपीएस  क्षमताको ननडेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अन्तर्गत ६५६ मध्ये २९५ ओटा स्थानीय तहहरुसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्राधिकरणले बताएको छ ।

सेवा उपलब्ध गराउने भन्दै सरकारले सञ्चालन गरिरहेको ब्रोडव्याण्ड परियोजना अन्तिम चरणमा पुगेको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको कार्य प्रगती प्रस्तुत गर्दै दुरसञ्चार प्राधिकरणले ९९ दशमलव ७९ प्रतिशत काम सम्पन्न भएको बताएको हो ।

यो योजना अनुसार ७४ ओटा जिल्लामा १८ ओटा प्याकेजमार्फत सेवा सञ्चालन भएको छ । परियोजनाले देशभरका  १६ हजार १७५ संघसंस्था सरकारी कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, विद्यालयलगायतमा इन्टरनेट सेवा पुर्‍याउने योजना लिएको थियो । सोहि अनुसार विभिन्न १८ प्याकेज बनाएर इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत काम भइरहेको थियो ।

प्राधिकरणले हालसम्म जडान कार्य सम्पन्न भई सञ्चालनमा रहेका साईटहरुको विवरण सार्वजनिक गर्दै १६ हजार १४१ ओटा संघसंस्थामा ब्रोडब्याण्ड पुगेको बताएको छ । प्राधिकरणका अनुसार अब ३४ ओटा संघसंस्थामा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ ।

सम्पन्न भएका परियोजनाहरू मध्ये हालसम्म ८ ओटा परियोजनाको मनिटरिङ तथा  भेरीफिकेसनको कार्य सम्पन्न भइसकेको छ । ५ ओटा परियोजनाको दोस्रो फेजको र ४ ओटा परियोजनाहरूको तेस्रो फेजको मनिटरिङ तथा भेरिफिकेसनको कार्य परामर्शदाताहरूबाट सम्पन्न भएको छ । 

साथै, भुकम्पबाट अति प्रभावित ८ जिल्लाहरु र काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाहरुका सम्पूर्ण सामुदायिक आधारभुत विद्यालयहरुमा कम्तिमा २० एमबीपीएस  क्षमताको ननडेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अन्तर्गत ६५६ मध्ये २९५ स्थानीय तहहरुसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको पनि प्राधिकरणले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x