ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आर्थिक अभियानकर्मी शर्मा ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

२०७९ असार, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, म्याग्दी । आर्थिक अभियान दैनिकका म्याग्दी संवाददाता ध्रुवसागर शर्मा ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीद्वारा सोमवार आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा आर्थिक अभियानकर्मी शर्मासहित अन्य चार जना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु आर्थिक अभियानकर्मी शर्मा, कान्तिपुर दैनिकका घनश्याम खड्का, नागरिक दैनिकका हरिकृष्ण गौतम, गोरखापत्र दैनिकका ठाकुरप्रसाद आचार्य र नयाँ पत्रिका दैनिकका कमल खत्री रहेका छन् । 

गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारहरुलाई प्रमाणपत्र, दोसल्ला र १० हजार रुपैयाँसहित सम्मान गरेका  थिए ।
सोही कार्यक्रममा जिसस नवनिर्वाचित टिमलाई पदभार ग्रहण र निर्वतमान टिमलाई विदाई तथा सम्मान गरिएको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x