ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खेल क्षेत्रलाई आर्थिक क्षेत्रसँग जोडौं, आगामी विश्वको उदाउँदो उद्योग नै खेल हो : मन्त्री अथक

२०७९ असार, ६  
समाचार खेल विविध
Image Not Found

असार ६, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रलाई व्यवसायिक तथा आर्थिक क्षेत्रसँग जोड्नु पर्ने बताएका छन् ।  

अखिल नेपाल फुटबल संघ (ANFA)को साधारण सभालाई सम्बोधन गर्दै उनले खेललाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

खेलकुदलाई पर्यटनसँग जोड्न सके धेरै उपलब्धि हुने भन्दै त्यसकालागि अन्तरराष्ट्रिय स्तरमा लविङ गर्न आवश्यक रहेको उनले  बताए । ‘हाम्रो जस्तो देशमा खेल पर्यटनको सम्भावना अत्याधिक छ । आगामी विश्वको उदाउँदो उद्योग भनेको नै खेल क्षेत्र हो,’ उनले भने ।

राज्यले फुटबलमा ठूलो लगानी गरीरहेको र नेपालमा फुटबलका पूर्वाधारहरु पनि बढि मात्रामा रहेपनि खेलकुदलाई सामान्य क्रियाकलापका रुपमामात्र हेर्ने प्रवृत्ती  रहेको भन्दै उनले सिंहदरवारमा बस्नेले खेलको महत्व नबुझेको आरोप समेत लगाए ।  

‘नेपालमा खेलकुदलाई सामान्य  क्रियाकलापका  रुपमा मात्र हेर्ने प्रवृतीले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको छ’ उनले भने , खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । 

नेपाली खेलाडीहरुलाई अन्तरराष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडीका रुपमा उत्पादन गर्न विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गोर्खा स्प्रिडलाई अगाडी बढाउने गरी एन्फाको आगामी नेतृत्वले रणनीति बनाउनुपर्नेमा समेत जोड दिए । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x