ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सामूहिक लगानी पूँजी बजार उकास्ने विकल्प

२०७९ असार, ७  
१० वर्ष अघि
NA

शेयरबजार परिसूचक लगातार घटिरहेको छ । हिजो आइतवार मात्र यो ११ दशमलव ८२ अंकले घट्यो । यो लगातार घट्दो प्रवृत्ति रोक्न तत्काल सामूहिक लगानीको आवश्यकता रहेको शेयर लगानीकर्ताले बताएका छन् । नेप्सेमा शेयरको मागको तुलनामा आपूर्ति बढी भएको हुँदा कारोबार बढ्न सकेको छैन । अहिलेको लगानीले मात्र शेयर बजार नबढ्ने हुनाले सामूहिक लगानी (म्युचुअल फन्ड) आवश्यक पर्ने लगानीकर्ताहरू बताउँछन् । राजनीतिक अस्थिरताले गर्दा लगानीको वातावरण नभएको उनीहरूको धारणा रहेको छ । सरकारले सामूहिक लगानीको व्यवस्था गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरे तापनि यस विषयमा नीतिगत अस्पष्टताका कारण दुवै संस्था अघि बढ्न सकेका छैनन् । शेयर बजारमा आफूहरू प्रवेश गर्न नसकेका स्वीकार्छन्, कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक डा. रमेशकुमार भट्टराई । ‘हामीले गर्ने भनेको ठूलो लगानी हो तर यसका निम्ति वातावरण नै छैन,’ भट्टराईले भने ।

सामूहिक लगानीलाई नीतिगत रूपमा व्यवस्था गर्न तयार गरिएको सामूहिक लगानी नियमावलीको मस्यौदा अर्थ मन्त्रालयमा अड्किएको छ । मन्त्रालयका अधिकारीहरू नियमावली छिट्टै पारित हुने बताउँछन् । अर्थ मन्त्रालयका सहसचिव महेन्द्रमान गुरुङले भने, ‘हामी नियमावली छिटो पारित गर्ने पक्षमा छौं ।’
 
वर्ष ६ अंक ३ , सोमवार २१ भदौ, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x