ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पोखरा र भरतपुरका मेयरबीच भेटवार्ता

पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता

२०७९ असार, ७  
गण्डकी प्रदेश
Image Not Found

कास्की (अस) । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाको कार्यालयमा सोमवार भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भेटवार्तामा सहभागी पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।

उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवर्द्धन लगायत विविध विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा महानगरपालिकाका मेयर आचार्यले पोखरा र भरतपुरबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभव आदानप्रदान गर्नुपर्ने बताए । पोखरा र भरतपुरबीच पर्यटन प्रवर्द्धन, विकास लगायत विविध पक्षमा सहकार्य अनिवार्य रहेको भन्दै उनले पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । मेयर आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाइन प्रणाली, खरीद व्यवस्थापन, योजना लगायत विषयमा जानकारी लिएको थियो । भरतपुर महानगरका मेयर दाहालले टोलीलाई स्वागत गर्दै पोखरा र भरतपुरको साझा चासो एवं द्विपक्षीय हितका क्षेत्रमा सहकार्य गर्नुपर्ने बताइन् । भेटवार्तालाई भरतपुर महानगरको तर्फबाट प्रशासकीय अधिकृत रामबन्धु सुवेदीसहित शाखा, महाशाखा र प्रमुखहरू तथा पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रिज्यालले सहजीकरण गरेका थिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x