ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘जलविद्युत्को शक्ति : सेतो सुन’ कार्यशाला आयोजना हुँदै

२०७९ असार, ७  
विविध
NA

काठमाडौं (अस) । आगामी असार दोस्रो साता काठमाडौंमा ‘जलविद्युत्को शक्ति : सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएशन (निसा)ले असार १२ गते उक्त कार्यक्रम गर्ने भएको हो ।

गोष्ठीमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमाको नियमनकारी निकाय, क्षति मूल्यांकनकर्ता लगायत सरोकारवालासँग विस्तृत छलफल र अन्तरक्रिया गरिने एशोसिएशनले बताएको छ । मुलुकको अर्थतन्त्रको विकासका लागि जलविद्युत् क्षेत्रको योगदान बढाउन लिनुपर्ने रणनीति तय गर्न उक्त कार्यक्रमले सघाउ पुग्ने एशोसिएशनका अध्यक्ष मोहनपुरुष ढकालले बताए । कार्यक्रममा समग्र ऊर्जाक्षेत्रका सरोकारवाला निकायलाई एकै स्थानमा राखेर ज्ञान तथा अनुभव आदानप्रदान, बृहत् छलफल र प्रस्तुति हुने आयोजकले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x