ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा ४५९ पाइलट

२०७९ असार, ७  
विविध
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका हवाईजहाज र हेलिकोप्टरमा पाइलटको संख्या ४५९ पुगेको छ । १० ओटा एयरलाइन्स कम्पनी र सोही संख्याका हेलिकोप्टर कम्पनीमा हाल उक्त संख्यामा पाइलट र को–पाइलट कार्यरत रहेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हवाई सुरक्षा कार्यान्वयनका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनमा ती जनशक्तिले रोजगारी पाएको उल्लेख छ । विभिन्न १० ओटा एयरलाइन्स कम्पनीका सञ्चालनमा रहेका ७५ ओटा विमानमा पाइलट र को–पाइलट गरी ४०८ जना कार्यरत छन् । यसमध्ये पाइलट २०५ र बाँकी को–पाइलट छन् ।

निजीक्षेत्रको एयरलाइन्स कम्पनी बुद्ध एयरमा सबैभन्दा धेरै पाइलट र को–पाइलट छन् । १५ ओटा जहाजबाट उडान सेवा दिइरहेको बुद्ध एयरमा पाइलट ६३ र को–पाइलट ६२ जना छन् । यद्यपि बुद्धले विगत वर्षमा जस्तै उडानमा भने सुधार गर्न सकेको छैन । सन् २०२१ मा बुद्धको उडान सुरक्षा सुधारको स्तर ७४ प्रतिशत छ । सन् २०१९ मा ७९ प्रतिशत थियो ।

पाइलट तथा को–पाइलट धेरै हुने दोस्रो कम्पनी नेपाल एयरलाइन्स रहेको छ । १४ ओटा फिक्स्ड विङ्ग्स उडान गर्ने यो कम्पनीमा ३१ जना पाइलट र ४१ जना को–पाइलट छन् । उडान सुरक्षा सुधारमा पनि नेपाल एयरलाइन्स कमजोर देखिएको छ । सन् २०२१ मा यसको उडान सुधार स्तर ७७ प्रतिशतबाट घटेर ६४ प्रतिशतमा आएको छ ।

यसैगरी श्री एयरलाइन्समा ३६ जना पाइलट र को–पाइलट छन् । उक्त कम्पनीले १५ ओटा फिक्स्ड विङ्ग्स सञ्चालन गर्छ । प्रतिवेदनअनुसार उसको सुरक्षा सुधार पनि खस्किएको देखिन्छ । सन् २०२१ मा कम्पनीको उडान सुधार स्तर ६४ प्रतिशतमा झरेको छ । पाँचओटा फिक्स्ड विङ्ग्स उडान गर्ने यती एयरलाइन्समा ३८ जना पाइलट र को–पाइलट छन् । उडान सुरक्षामा भने यतीको उल्लेख्य सुधार देखिएको छ । सन् २०१९ मा ६९ प्रतिशत रहेको यतीको सुरक्षा सुधार सन् २०२१ मा ७९ प्रतिशत पुगेको छ ।

यसैगरी चारओटा विमान रहेको हिमालय एयरलाइन्समा ४४ जना पाइलट र को–पाइलट छन् । कम्पनीको उडान सुरक्षामा हिमालयको सुधार देखिएको छ । सन् २०२१ मा यो कम्पनीको उडान सुरक्षा सुधार ८७ प्रतिशत पुगेको छ । साथै विभिन्न १० ओटा हेलिकोप्टर कम्पनीमा विदेशी पाइलटसमेत गरी ४८ जना छन् । तीमध्ये विदेशी पाइलट १३ जना छन् । सबैभन्दा धेरै पाइलट भने एयर डाइनेष्टीमा १० जना छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x