ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आईटी पार्क निजीक्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

२०७९ असार, ७  
विविध
Image Not Found

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आईटी) पार्क निजीक्षेत्रको सहभागितामा बनाउन सरकारसँग आग्रह गरेको छ । यस सम्बन्धमा परिसंघले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले आइतवार सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. वैकुण्ठ अर्याललगायत पदाधिकारीसँग छलफल गरेको हो ।

सो अवसरमा परिसंघले भारत, फिलिपिन्स लगायत मुलुकले जस्तो सुविधा दिएर आइटी पार्क निजीक्षेत्रलाई बनाउन दिन आग्रह गरेको छ । सूचना प्रविधि क्षेत्रमा अटोमेटिक रूटमार्फत वैदेशिक लगानी ल्याउन मिल्ने व्यवस्था गर्न समेत परिसंघको आग्रह छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल बाहिर सफ्टवेयर, विद्युतीय सेवा, बिजनेश प्रोसेस आउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रवाह गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई  आयमा १ प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । यस्तो व्यवस्था दीर्घकालसम्म हुनुपर्ने सुझाव परिसंघको छ ।

छलफलमा सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताए । यस क्षेत्रको प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक भए सुधार गर्न सरकार तयार रहेको उनको भनाइ छ । नेपालको सूचना प्रविधि क्षेत्रमा रहेको दक्ष जनशक्ति, विद्युत्, मौसमलगायत दृष्टिकोणले सूचना प्रविधिको विकासका लागि नेपाल उपयुक्त ठाउँ रहेको परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । नेपालले ३ अर्ब ३० करोड अमेरिकी डलर बराबर सूचना प्रविधि निर्यात गर्न सक्ने सम्भावना आकलन गरिएको छ । नेपालको आईटी क्षेत्रमा हरेक वर्ष ७ हजार ५०० जनशक्ति तयार हुने गरेको बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x