ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रिलायन्स लाइफले ल्यायो ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’

२०७९ असार, ७  
बजार
NA

काठमाडौं (अस) । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले सोमवारदेखि लागू हुनेगरी उक्त योजना ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्ने बताए । त्यस्तै सीमित समयका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सक्ने उनको भनाइ थियो । सो योजनामा साढे २ गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीले दाबी गरेको छ । उक्त बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको साढे २ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x