ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथका के.सी

२०७९ असार, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर के.सी चयन भएका छन् । डेभलपमेण्ट बैंकर्स एशोसिएशनको गण्डकी प्रदेश च्याप्टर अन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमवारको भेलाले के.सीलाई संयोजक चयन गरेको हो ।

यसअघिका संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लस्टर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकाले रिक्त रहेको उक्त पदमा के.सीलाई चयन गरिएको हो । कार्यक्रममा गरिमा विकास बैंकका नयाँ क्लस्टर प्रमुख भक्तबहादुर के.सीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्ने निर्णय समेत गरिएको छ ।

फोरमको संयोजक चयन भएका के.सीले सामूहिक रूपमा विकास बैंकका समस्या, अवसर र चुनौती तथा अन्य कार्यमा डेभलपमेण्ट बैंकर्स एशोसिएशनलाई सुझाव प्रदान गर्ने र समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x