ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

माण्डु र माईखोला हाइड्रोपावरको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल

२०७९ असार, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेड माण्डु हाइड्रोपावर र माईखोला हाइड्रो पावर कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त भएको छ ।

माण्डु हाइड्रोपावरले मकवानपुरको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेदेखि विद्युत् उत्पादन शुरू गरेको थियो । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मूल्यमा शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले सोमवार एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन तथा विक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्ति गर्ने सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावरका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै माईखोला हाइड्रोपावर लिमिटेडको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा पनि प्रभु क्यापिटल लिमिटेड नै नियुक्त भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा माईखोला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत रितेश रजक र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक थकालीले हस्ताक्षर गरेका छन् । माईखोला हाइड्रोपावरले इलामको इलाम नगरपालिकास्थित माईखोलामा सुपरमाई क्यास्केड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेदेखि जलविद्युत् उत्पादन शुरू गरिसकेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x