ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सनराइज बैंकद्वारा २ हजार ५०० जनालाई वित्तीय साक्षरता प्रदान

२०७९ असार, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सनराइज बैंकले चालू आर्थिक वर्षमा २ हजार ५०० जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ । मुलुकभरि नै नागरिकमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने  उद्देश्यले बैंकले वित्तीय साक्षरता प्रदान गरेको जानकारी दिएको हो ।

बैंकले नेपालका सातै प्रदेशका नागरिकमा बैंकिङ सेवा, सुविधाबारे जनचेतना कम रहेकाले साक्षरता प्रदान गरिएको बताएको छ । बैंकिङ सेवा सुविधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्त्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङको प्रयोगले हुने समयको बचत लगायतको बारेमा जानकारी दिइएको बैंकको भनाइ छ । त्यस्तै डिजिटल बैंकिङमा कसरी सुरक्षित रहन सकिन्छ भनेर समेत सिकाइएको बैंकले जानकारी दिएको छ ।

बैंकले गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी, महेन्द्रनगर र डँडेलधुरामा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । त्यस्तै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा समेत महिला, साना व्यवसायी र विद्यार्थीलाई साक्षरता प्रदान गरिएको बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले जानकारी दिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x