काठमाडौं (अस) । सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि भएको सम्झौता नवीकरण गरिएको छ । निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि यसअघि नै गरिएको सम्झौताको म्याद सकिएकाले नवीकरण गरिएको बैंकले बताएको छ । यसअघि २०७५ सालमा दुई संस्थाबीच यससम्बन्धी सम्झौता भएको थियो ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजार रुपैयाँसम्मको उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बाट मासिक रू. १ का दरले ‘नारी सामाजिक कोष’मा रकम जम्मा गर्दैै आएकोे छ । संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले पाटन अस्पतालसँगको सम्झौता नवीकरण गरिएको बैंकले बताएको छ ।