ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पुतलीसडकमा नेपाल एसबिआईको नयाँ शाखा

२०७९ असार, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल एसबिआई बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजीव अरोराले शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, निर्देशक पिनाकीनाथ बेनर्जी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम लगायतको उपस्थिति थियो । त्यस्तै बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल लगायत बैंकका कर्मचारी तथा ग्राहकको उपस्थिति रहेको बैंकले बताएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x