काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी र ग्राहकले स्टेम सेन्टरमा छूट पाउने भएका छन् । मधुमेह, थाइराइड लगायत स्वास्थ्य समस्याको परीक्षण तथा उपचार सेवामा कम्पनीका कर्मचारी र ग्राहकलाई छूट उपलब्ध गराउन दुई संस्थाबीच सम्झौता गरिएको छ ।
सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सेन्टरका अध्यक्ष डा. बजरंग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीका कर्मचारी र ग्राहकले बत्तीसपुतलीमा रहेको उक्त स्वास्थ्य संस्थाबाट सेवा लिँदा १५ प्रतिशतसम्म छूट पाउनेछन् ।