ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गुल्मीमा अजोड इन्स्योरेन्सको कार्यक्रम सम्पन्न

२०७९ असार, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । अजोड इन्स्योरेन्सले गुल्मीमा घुम्ती बीमा सेवा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत २८ जेठमा गुल्मीको इश्मा गाउँपालिका वडा  १ मा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । घुम्ती बीमा सेवा कार्यक्रमबाट ८ लाख ८१ हजार ७५० रुपैयाँ बीमाशुल्क आर्जन गरिएको कम्पनीले जानकारी दिएको छ ।

सो अवसरमा गाउँपालिका वडा १ का अध्यक्ष शेरबहादुर कुँवर, अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख सन्तोष न्यौपाने लगायतको उपस्थिति थियो । कम्पनीले बीमा समितिको स्वीकृति  अनुसार जेठ २९, ३० र ३१ गते गुल्मीकै रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्तालाई तालीम पनि दिइएको जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x