ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बीओकेद्वारा प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम

२०७९ असार, ७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)ले प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको छ । सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम गरेका हुन् । उक्त अवसरमा बैंकले हालै सार्वजनिक गरेको दुई निक्षेप योजनाको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाको जानकारी प्रदान गरिएको हो ।

यसअघि बैंकले चार गुणासम्मको प्रतिफल भएको ‘बीओके सुपर मुद्दती खाता’ सार्वजनिक गरेको थियो । उक्त योजनामा क्रेडिट कार्ड जारी शुल्कमा छूट, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधा र २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको जानकारी बैंकले घरदैलो कार्यक्रममा दिएको छ । त्यस्तै ‘बीओके प्रिमियम प्लस बचत खाता’मा ८ दशमलव  शून्य ३ प्रतिशतको वार्षिक ब्याजदरसहित विभिन्न सेवाहरू रहेको बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x