कुश्मा (अस) । प्रभु बैंकका ग्राहक र कर्मचारीले ‘द क्लिफ’का साहसिक गतिविधिमा छूट पाउने भएका छन् । पर्वतको कुश्मामा रहेको द क्लिफ प्रालिले यसका लागि प्रभु बैंकसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत साहसिक गतिविधि गर्दा १० प्रतिशत छूट पाउनेछन् । त्यसका लागि ग्राहकले प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छूट दिलाउन पाउँदा खुशी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणमा प्रभु बैंकले ऋण लगानी गरेको थियो ।