ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सार्क क्षेत्रीय भेटेरिनरी एशोसिएशनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ

२०७९ असार, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । सार्क क्षेत्रीय भेटेरिनरी एशोसिएशनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नेपाल भेटेरिनरी एशोसिएशनको १४औं राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एशोसिएशनको पहिलो बैठकबाट महासचिवमा डा. श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

श्रेष्ठ नेपाल भेटेरिनरी एशोसिएशनको वर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै भारतीय भेटिरिनरी एशोसिएशनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एशोसिएशनको अध्यक्षमा चयन भएका छन् ।

आइतवार भएको बैठकमा सार्क राष्ट्रहरूमा रहेका विभिन्न संगठनको प्रतिनिधित्व थियो । सम्मेलनको पहिलो बैठकले सार्क क्षेत्रीय भेटेरिनरी एशोसिएशनको सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।

पोखरामा आयोजित सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले गरेका थिए । सम्मेलनमा करीब ५०० भेटेरिनरी चिकित्सकको उपस्थिति थियो । ७० ओटा कार्यपत्र प्रस्तुत गरिएको उक्त सम्मेलन सोमवार सम्पन्न भएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x