ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा’

२०७९ असार, ७  
समाचार
Image Not Found

काठमाडौं (अस) । इन्धनमा पटकपटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत अत्यधिक मूल्य बढेर निर्माण उद्योग नै ठप्प हुने अवस्था आउन लागेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । पछिल्लोपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धिले निर्माण उद्योग थप आक्रान्त हुने महासंघले बताएको हो । इन्धनमा चर्को मूल्यवृद्धि भएकाले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अत्यावश्यक निर्माण परियोजना समेत बन्द हुने सम्भावना रहेको महासंघको भनाइ छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसक्नुले निर्माण उद्योगको विकासप्रति सरकारको उदासीनता पुष्टि भएको महासंघको ठहर छ ।

महासंघका अनुसार अप्रत्याशित रूपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जमीन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौं श्रमिक मारमा परेका छन् । ‘यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरीद ऐन तथा नियमावली बमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासंघ र सरोकारवाला निकायबीच वार्ता भइरहेको समयमा हठात् भएको अप्रत्यशित एवं अत्यधिक मूल्यवृद्धिले महासंघ स्तब्ध भएको छ,’ महासंघका महासचिव रोशन दाहालद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर अन्तरराष्ट्रिय मूल्यलाई देखाउँदै भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा नकारात्मक असर पार्ने महासंघले बताएको छ । मुलुकमा व्याप्त अराजकताले निर्माण गतिविधि प्रभावित भएको र राज्य संयन्त्रहरूमा भ्रष्टाचार व्याप्त रहेकाले मुलुकले सुशासन महसूस गर्न नपाएको महासंघको भनाइ छ ।

यसैबीच बीमा निर्देशिका–२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत बढाएर बीमा कम्पनीलाई पोस्ने काम सरकारले गरेको महासंघको आरोप छ । उक्त निर्देशिकामा टेरिफलाई ननटेरिफ नगरे महासंघ बीमा समितिविरुद्ध पुन: कडा आन्दोलनमा जान बाध्य हुने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x