असार ७, काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने समय असार ७ गते मंगलवार (आज) सम्म भएता पनि माग बमोजिम आवेदन नपरेको हुँनाले असार १० गतेसम्म थप गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिशेयर रू. १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ जेठ २४ गते निष्कासन गरेको थियो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात् रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरीदका लागि ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
साथै, आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्म यो आईपीओ खरीदको माग गर्न सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्