असार ७, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१२, रुपन्देहीमा आवेदन दिन सक्नेछन् ।
सो अवधिमा संस्थापक शेयरधनीको कुनै पनि निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने समेत कम्पनीले जानकारी दिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्