ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सन नेपाल लाइफका संस्थापक शेयरधनीलाई  थप ६० प्रतिशत रकम जम्मा गर्न आह्वान 

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप  ६० प्रतिशत रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै असार ३० गतेभित्र उक्त रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीको बैशाख ९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयअनुसार पूँजीवृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोही बमोजिम उक्त रकम जम्मा गर्नु परेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले उक्त थप शेयर वापतको रकम नबिल बैंक तीनधारा शाखाको खाता नम्बर १७०१०१७५०१३३८ र ग्लोबल आइएमई बैंकको  डिल्लिबजार शाखामा रहेको खाता नम्बर K८०१०१००००२४४ मा असार ३० गतेभित्र जम्मा गर्न भनेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x