ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते मंगलवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७६र७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव २ प्रतिशत बोनस शेयर र शून्य दशमलव २२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार २० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा विहान १० बजे शुरू हुने जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x