ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्त्रीपरिषद् बैठक : एसपीपी अघि नबढाउने, सवै कूटनीतिक  पत्राचार परराष्ट्र मन्त्रालयमार्फत् मात्रै

२०७९ असार, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । 

सरकारले एसपीपीमा आबद्ध नहुने जानकारी गराउँदै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्र पठाउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको हो ।

मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको पनि बताए । उक्त बैठकले अवदेखि विदेशी मुलुकसँगका सबै कूटनीतिक पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्रै गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन निर्णयक योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै नेपाल प्रशासन सेवा समूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ ।

प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर - सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए ।  यसैगरी सरकारले राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्ष पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x