असार ७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ५६ अंकले घटेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक १ हजार ८८४ दशमलव २४ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका १० ओटा कम्पनीको रू. ३ लाख १५ हजार ४६२ बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री माउण्टेन हाइड्रो नेपालको भएको छ । उक्त कम्पनीको रू. १ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ४९ दशमलव ३१ अंक घटेर १ हजार ८८४ दशमलव ८१ विन्दुमा भएको थियो । उक्त अवधिमा कुल रू.१ अर्ब ७५ करोड बराबरको शेयर खरीदविक्री भएको थियो ।