ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१३ लाख जरीवाना ठहर भएका अभियुक्त चितवनबाट पक्राउ        

२०७९ असार, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख रुपैयाँ जरीवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरीवाना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमवार पक्राउ गरेको हो ।         

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरीवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले बताएको छ ।

अभियुक्तलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवन पेश गरिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x