असार ७, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा बुधवार गर्ने भएको छ ।
कम्पनीले सभा होटल पौवा रत्ननगर १ टाँडी, चितवनमा बिहान ११ बजे हुने जानकारी दिएको छ। सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजारको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो। हकप्रद निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ ।
सधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।