ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१० महीनाको अवधिमा वित्त र व्यापार समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । पछिल्लो केही सयमदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । 

बजार नेपालको इतिहासकै उच्च विन्दु २०७८ भदौ २ गते ३ हजार २०० विन्दुमा पुगेको थियो भने हाल नेप्से परिसूचक १ हजार ८८४ दशमलव ८१ विन्दुमा झरेको छ । यसरी हेर्दा नेप्सेमा कारोबारमा आउने १३ ओटा समूहगत परिसूचकमध्ये सबैभन्दा बढी व्यापार समूहको समूहगत परिसूचक घटेको छ ।

उक्त समूहको परिसूचक २०७८  भदौ २ गते ३ हजार ८१८ दशमलव ४ रहेकोमा २०७९ असार ६ गतेसम्ममा १ हजार ५६६ दशलमव ३५ मा झरेको छ । १० महीनाको अवधिमा सबैभन्दा बढी व्यापार समूहका कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

त्यसैगरी दोस्रोमा वित्त समूहको परिसूचक ५८ दशलमव शून्य ६ प्रतिशत घटेको हो । उक्त समूहको समूहगत परिसूचक गत भदौ २ गते ३ हजार १९४ दशमलव ३२ रहेकोमा सोमवार १ हजार ३३९ दशमलव ७२ मा झरेको हो । 

त्यसैगरी समूहगत परिसूचकमध्ये सबैभन्दा कम म्युचुअल फण्ड समूहको परिसूचक १८ दशमलव ५७ प्रतिशतले घटेको छ । पछिल्लो समय बजार निरन्तर घटिरहँदा लगानीकर्ताले पूँजीविकासको सुधार र विकासको लागि आन्दोलन गरिरहेका छन् । पछिल्लो एक वर्षयता ब्याजदरमा वृद्धि, बैैकिङ प्रणालीमा तरलता अभाव र शेयरधितो कर्जाको सिमालगायतका  कारणले शेयर बजार प्रभावित बन्दै आएको छ ।

यस्तो अवस्थामा हालसम्म पनि नियामक निकायले लगानीकर्ताको कुनै माग सम्बोधन गरेको छैन ।  यद्यपि पछिल्लो समय नेपाललगायत विश्वका धेरै मूलुकमा शेयर बजार ओरालो लागेको छ । 

शेयर बजार भनेकै घटबढ भइरहने हो । बजार निरन्तर घटिरहेता पनि सकेसम्म ऋण लिएर शेयर कारोबार नगर्ने एक विश्लेषकले बताए । घट्दो बजारमा पनि कम्पनी छानेर थोरै थोरै लगानी बढाउनुस तर कम्पनीको हरेक पाटो राम्रो सँग बुझेर लगानी गरेमा घट्दो ट्रेण्डमा होस या बढ्दो ट्रेण्डमा प्रतिफल प्राप्त हुने निश्चित छ ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x