ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सेञ्चुरी कमर्सियल बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि बुधवार अर्थात् असार ८ गतेसम्म रहेको छ ।

कम्पनीले असार १ गतेदेखि  २ हजार ८१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । 

उक्त शेयरमा योग्य संस्थापक शेयरधनी, सर्वसाधारण, व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी तथा सुर्खेत शाखामा आईपुग्ने गरी असार ८ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदन दिदा सम्पूर्ण कित्ता अर्थात् २ हजार ८१८ कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x