ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पिपुल्स पावरले बुधवारदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । पिपुल्स पावर लिमिटेडले बुधवार अर्थात् असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी रू.६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । 

सोमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  उक्त आईपीओ निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्सियल बैंकको राँके, मंगलबारे, वितौले, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन पाउने व्यवस्था छ ।
 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x