ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बागलुङको बरेङ गाउँपालिकाको बजेट ४० करोड ३३ लाख

२०७९ असार, ७  
गण्डकी प्रदेश
Image Not Found
बरेङ गाउँपालिकाको नवौं गाउँ सभा
author avatar अभियान संवाददाता

असार ७, बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । 

गाउँपालिकाले आइतवार नवौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४० करोड ३३ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । 

गाउँपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनाका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले विनियोजन गर्न मिल्ने बजेट १७ करोड ९१ लाख ५६ हजार रुपैयाँमध्ये प्रशासनिक खर्चतर्फ ३ करोड ९८ लाख ९० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १३ करोड ९२ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको छ । 

पूँजीगत बजेटमध्ये वडास्तरीय योजनाका लागि २ करोड ७५ लाख, विषयगत शाखाहरुका लागि ४ करोड ४६ लाख ५५ हजार, समपुरक कोषका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले गौरव योजनाहरु र गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड २१ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ भने संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक अनुदानतर्फका योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने उपाध्यक्ष पुनले बताए । 

गाउँपालिकाले अध्यक्ष कृष्णप्रसाद शर्माले पदभार ग्रहण पछि गरेको पहिलो निर्णय अभिभावकविहीन र अतिविपन्न बालबालिकाहरुको निःशुल्क शिक्षाको लागि ‘अभिभावकविहीन बाल संरक्षण कोष’ को स्थापना गर्न ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाले शिक्षातर्फ सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याई प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि ८ लाख रुपैयाँ, ‘बरेङबासीको इच्छा, गुणस्तरीय शिक्षा’ सामुदायिक विद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि र प्राविधिक तथा सिपमूलक शिक्षा व्यवस्था गर्न शिक्षा क्षेत्रका लागि १ करोड ८७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।

उपाध्यक्ष पुनले ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि ६३ लाख ५५ हजार र पशु सेवा कार्यक्रमका लागि ६९ लाख रुपैयाँ विनियोजन गरेका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x