ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल बैंकको कामु सीईओमा शाक्य

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले पाएका छन् ।

मंगलवार बसेको सञ्चालक समितिको बैठकले कामु सीईओको जिम्मेवारी शाक्यलाई सुम्पेको हो । मंगलवारदेखि नै लागू हुनेगरी शाक्यलाई सो जिम्मेवारी दिइएको बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

बैंकका यसअघिका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सोमवार (असार ६ गते) सकिएको थियो । बैंक सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा यसअघि नै ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नियुक्त गरिसकेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x