ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साउनपछि मर्जर र एक्वीजिशनका कारण कुनै पनि कम्पनीको शेयर रोक्का हुँदैन : बोर्ड अध्यक्ष हमाल 

२०७९ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अब मर्जर र एक्वीजिशनका कारण कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का नहुने बताएका छन् ।

मंगलवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले साउन अन्तिम सातापछि मर्जर र एक्वीजिशनमा जाने कम्पनीको शेयर कारोबार रोक्का नहुने कानून बनाइने बताएका हुन् । अन्तरराष्ट्रिय बजारमा शेयर रोक्का गर्ने व्यवस्था नभएकोले यसलाई नेपालमा पनि परिमार्जन गर्न लागिएको उनले जानकारी दिए । 

‘साउन अन्तिम सातापछि मर्जर र एक्वीजिशनमा जाने कम्पनीको शेयर कारोबार रोक्का नहुने व्यवस्था गर्छौं । यो तयारी भइरहेको छ । लगानीकर्ताले आफ्नो लगानीको अधिकार आफै पाउँनु पर्छ । वर्षाैंसम्म लगानीकर्ताको सम्पत्ति बन्दक बनाउनु उचित हुँदैन’, उनले भने । 

यो कानून जसरी पनि लागू गर्ने हमालले प्रतिवद्धता व्यक्त गरे । मर्जर एक्वीजिशनमा गभर्नर सकारात्मक रहेको भन्दै उनले यस्ता विषयलाई लिएर अन्यौलता हुन नहुने बताए । एक दुई जनाले गल्ति गरे भन्दैमा सयौं लगानीकर्तालाई दुःख दिन नहुने हमालको भनाइ छ । साउनपछि कुनै पनि कम्पनीको शेयर रोक्का नहुने भन्दै उनले यो गरेर देखाउने पनि बताए । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x