ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एससीटी कार्डहोल्डर दश लाख

दुई वर्षमा थप ५ लाख

२०७९ असार, ८  
१० वर्ष अघि
NA

स्मार्ट च्वाइस टेक्नोलजिज (एससीटी) सञ्जाल कार्डका प्रयोगकर्ता दश लाख पुगेको नेटवर्कका सीईओ मुकुन्द मल्लले बताएका छन् । ‘आगामी दुई वर्षभित्र यो संख्या १५ लाख पुर्‍याउने लक्ष्य राखेका छौं’ एसीटीका बजार व्यवस्थापक वसन्त श्रेष्ठले आर्थिक अभियानसँग भने  । विगत तीन वर्षयताको ग्राहक वृद्धिदरलाई आधार मानेर यो अनुमान गरिएको उनले बताए । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर हाल ६४ वित्तीय संस्था एससीटी नेटवर्कमा आबद्ध छन् । यसमा स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकबाहेकका २४ वाणिज्य बैंक, २२ विकास बैंक र १८ फाइनान्स कम्पनी रहेको कम्पनीले जानकारी दिएको छ । मल्ल भन्छन्, ‘यी संस्थाका ग्राहकमध्ये कार्ड वितरण भएको आधारमा  एसीटी नेटवर्कका मात्रै एटीएम सुविधा प्रयोग गर्नेको संख्या पनि लगभग १० लाख पुगिसकेको छ ।’

अन्य दश बैंक तथा वित्तीय संस्थाहरू पनि नेटवर्कभित्र आबद्ध हुने प्रक्रियामा रहेको श्रेष्ठले जानकारी दिए । यीमध्ये केहीसँग चाँडै नै सम्झौता हुने गरी छलफल भइरहेको उनले बताए । ‘आगामी दुई वर्षभित्र  हाम्रा सदस्य वित्तीय संस्थाहरू कम्तीमा ८० पुग्ने विश्वास लिएका छौं,’ श्रेष्ठले भने । हाल नेपालमा सञ्चालित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूका एटीएम काउन्टरको संख्या १ हजार नाघेको छ ।

वर्ष ६ अंक ३,  सोमवार २१ भदौ, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x