ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिट्रेन नेपालको एक्सचेञ्ज क्याम्प हुँदै

२०७९ असार, ८  
बजार
NA

काठमाडौं (अस) । सिट्रेन कारका लागि नेपालको आधिकारिक विक्रेता शाङ्ग्रिला मोटर्सले सिट्रेन एक्सचेञ्ज क्याम्प  आयोजना गर्ने भएको छ । शाङ्ग्रिला मोटर्सले आज (बुधवार)देखि आइतवारसम्म सो क्याम्प गर्ने भएको हो । एक्सचेञ्ज क्याम्प काठमाडौंको थापाथलीस्थित शोरूममा हुने कम्पनीले बताएको छ । क्याम्पमा उपभोक्ता र सिट्रेनप्रेमीहरूले आफ्नो पुरानो सवारीसाधनलाई नयाँ सिट्रेन सी५ एयरक्रस एसयूभीसित उचित मूल्यमा साट्ने मौका पाउने कम्पनीको भनाइ छ । एक्सचेञ्ज क्याम्पमा विशेष छूट लगायत विभिन्न अफर रहेको पनि कम्पनीको भनाइ छ । क्याम्पमा ग्राहकलाई आवश्यकता अनुसार फाइनान्सको व्यवस्था समेत गरिएको कम्पनीले जानकारी दिएको छ । सिट्रेन गाडी नेपाली बजारमा हालै प्रवेश गरेको कम्पनीको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x