काठमाडौं (अस) । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले ‘ओप्पो ब्यान्ड’ सार्वजनिक गरेको छ । उक्त ब्यान्डले एसपीओ२ क्षमतामा रगतमा भएको अक्सिजन परीक्षण गर्ने कम्पनीको दाबी छ । ‘ओप्पो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्शन प्रदान गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसन (एसपीओ२)को निगरानी गर्दछ ।’
ओप्पो ब्यान्डले १२ वर्कआउट मोड र अन्य सुविधाजनक काम पनि गर्ने कम्पनीको दाबी छ । ओप्पो ब्यान्ड सक्रिया र व्यस्त जीवनशैलीका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । ओप्पो ब्यान्डले ओप्पो एस्थेटिकलाई जारी राखेर १ दशमलव १ इन्च फुल कलर अमोल्ड स्क्रिनमा डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।