ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा छूट

२०७९ असार, ८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कुमारी बैंक र बुटवलमा रहेको महाराजा रिसोर्टबीच छूट उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा छूट दिनेगरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापतको भुक्तानी कुमारी बैंकको डेबिट, क्रेडिट कार्डबाट गरेमा १० प्रतिशतसम्म छूट पाउनेछन् । सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि वज्राचार्य र रिसोर्टका महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताबाट डिजिटल बैंकिङ प्रोत्साहनमा सहयोग पुग्ने बैंकले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x