ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एमच्यामको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

२०७९ असार, ८  
बजार
NA

काठमाडौं (अस) । नेपालस्थित अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)द्वारा आयोजित सप्ताहव्यापी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एमच्यामका अध्यक्ष अजित शाहले एमच्यामको औपचारिक स्थापनादेखि हालसम्म भएका उपलब्धिबारे जानकारी गराएका थिए ।

उनका अनुसार एमच्याममा अहिले २८ सदस्यसहित तीन समिति छन् । समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यबीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाका आधारमा समितिहरूलाई वकालत, नीति, अर्थ तथा नेटवर्किङमा विभाजन गरिएको एमच्यामको भनाइ छ ।

समितिले अबदेखि विभिन्न समस्या सम्बोधन गराउन सम्बन्धित निकायमा पहल गर्नुका साथै अमेरिकी र नेपाली कम्पनीबीचको सम्बन्ध सहज बनाउने काम गर्ने बताइएको छ । त्यसो गर्दा स्थानीय कम्पनीले अमेरिकी कम्पनीसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न सघाउ पुग्ने र अमेरिकी कम्पनीले नेपालमा लगानीका अवसरबारे जानकारी हुने अपेक्षा गरिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x