ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

टाटा मोटर्सका गाडीको मूल्य बढ्यो

२०७९ असार, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले उत्पादन गर्ने गाडीको मूल्य बढेको छ । कम्पनीले उत्पादन गर्ने विभिन्न प्यासेन्जर गाडीहरूको मूल्य २५ हजार रुपैयाँसम्मले बढाएको हो । कम्पनीले हाल बजारमा सवारीसाधन निर्माण एवं उत्पादनका लागि आवश्यक पर्ने सामग्री, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम लगायत धातुको मूल्य बढेकाले सवारीसाधनको मूल्य बढाउनुपरेको जानकारी दिएको छ ।

कम्पनीले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरी गाडीहरूको विक्रीमूल्य बढाइएको बताएको छ । त्यसमध्ये प्यासेन्जर भेइकलको मूल्य मोडल र भेरियन्ट अनुसार १ दशमलव १ प्रतिशतसम्म बढाइएको कम्पनीको भनाइ छ । सो अनुसार सबैभन्दा बढी मूल्यवृद्धि नेक्सन ईभीमा गरिएको छ । सो गाडीको मूल्य २५ हजार भारूले बढेको छ ।

कम्पनीले सन् २०२२ मा मात्रै कम्पनीका प्यासेन्जर गाडीहरूको मूल्य दोस्रोपटक बढाएको हो । कम्पनीले यसअघि गत जनवरीमा पनि गाडीको मूल्य शून्य दशमलव ९ प्रतिशतसम्म बढाएको थियो । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी विक्री गर्दै आएको छ । भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि त्यसको असर पर्ने कम्पनीले बताएको छ । साथै कम्पनीले नेपाली बजारमा नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारी गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x