काठमाडौं (अस) । आर्थिक वर्ष २०२०/२१ मा रू. ११ करोड ८८ लाख बराबरको तन्ना आयात भएको छ । तन्नाको आयात आर्थिक वर्ष २००८/०९ मा रू. ८३ लाखको हाराहारीमा थियो । यस अवधिमा तन्नाको आयात करीब १४ गुणाले बढेको देखिन्छ ।
स्वदेशमा तन्ना उद्योगको विकास हुनु नसक्नु, रेमिट्यान्सजन्य समृद्धिका कारण डिजाइनदार विदेशी तन्नाप्रति मानिसको आकर्षण बढ्नु र प्रयोग गर्न पनि सहज हुने हुँदा आयातमा उच्च वृद्धि देखिएको हो । यस अवस्थालाई दृष्टिगत गर्दै नेपालले तन्ना उद्योगमा आत्मनिर्भर हुने नीति अंगीकार गर्नु आवश्यक देखिन्छ ।